नेपालद्वारा मौरिसस पराजित

काठमाडौँ, १५ माघ (रासस) :नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालले अब मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मङ्गलबार खेल्नेछ ।

Shares

Be the first to comment on "नेपालद्वारा मौरिसस पराजित"

Leave a comment

Your email address will not be published.


*