नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिनुभयो । “अपवादका रुपमा केही लगानीकर्ताले दोस्रो बजार (सेकेण्डरी मार्केट) बाट कारोबार गरेका छन् । तर ट्रेडरहरु कम छन्”, उहाँले भन्नुभयो । अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले शेयर बजार उकालो लाग्न नसकेको उल्लेख गर्दै प्रमुख अधिकारीले ठूलाठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । ठूला घरानाका लगानीकर्ता शेयर बजारमा प्रवेश नगरेसम्म बजार उकालो लाग्न नसक्ने तर्क गर्दै उहाँले लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएको बताउनुभयो । “बजार चलायमान नभएका कारण शेयर बजारमा उत्साह आउन सकेको छैन । अहिले त शेयर खरिद गर्नेभन्दा बेच्ने नै बढी छन्”, उहाँले भन्नुभयो । कतिपय लगानीकर्ताले घाटा खाएर पनि शेयर बेचेको जानकारी दिँदै त्यस्ता लगानीकर्ता करिब तीन सय भएको उल्लेख गर्नुभयो । नियमित ट्रेड गर्ने ९० प्रतिशत लगानीकर्ताले घाटा खाएर नै शेयर बेचेको भन्दै उहाँले अन्य क्षेत्र चलायमान छैन भन्ने कुरा शेयर बजारले देखाइरहेको जिकिर गर्नुभयो । उद्योगधन्दा, कलकारखानालगायत व्यवसाय राम्रोसँग सञ्चालन नहुँदा त्यसको असर यस क्षेत्रमा समेत परेको छ । ट्रेडरहरुले छोटो समयमा नै नाफा भए नभए पनि घाटा खाएर पनि बेचेका हुन्छन । उनीहरुले ‘स्टप लस’ गरेर नै शेयर बेचेका हुन्छन् । वित्तीय साक्षरताका विषयमा हुने विभिन्न कार्यक्रमले पनि शेयर बजार बढाउन सहयोग गर्न गरेको छ । असोज र कात्तिकमा कम्पनीका बोनसको लहर आएको थियो । तर ती सबै अधिकांश कम्पनीका बोनस सकिएका छन् । केही कम्पनीको बाँकी भएको बताइएको छ । सूचनाका हिसाबले अहिले शेयर बजारको अफ सिजन भएको बजारका जानकार बताउँछन् । अहिले ब्रोकर कार्यालयलाई पनि दैनिक कार्यालय सञ्चालन गर्न नै धौधौ हुने स्थिति आउन थालेको छ जुन चिन्ताको विषय भएको प्रमुख अधिकारीको भनाइ छ । नेपालगञ्जका लगानीकर्ता प्रशान्त लामिछानेले धेरै पटक घाटा खाएर शेयर बेच्न परेको उल्लेख गर्दै पुँजी बजारमा आर्थिकमन्दीको प्रभाव नहटेको बताउनुभयो । अर्थतन्त्रमा पुँजी बजारको योगदानका विषयमा नीतिगत समस्याको पहिचान नहँुदा त्यसले बजार घटाउन मद्दत गरेको तर्क गर्दै उहाँले नीतिगत सुधारपछि मात्रै शेयर बजार चलायमान हुने उल्लेख गर्नुभयो । अर्का लगानीकर्ता कुलप्रसाद शर्माले कम घाटा खाएर बजारको अवस्था हेरेर शेयर बेच्न बाध्य भएको जानकारी दिँदै बजारमा धैर्यता पनि आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । लगानीकर्ता विकास भट्टराईले शेयर बजारमा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको उल्लेख गर्दै बैंकसँगको अधिक तरलता, घट्दो ब्याजदर रहेको हुँदा अहिलेको समय दीर्घकालीन लगानीकर्ताका लागि लगानी गर्ने सुनौलो अवसर भएको बताउनुभयो । इम्पेरियल सेक्युरिटिज प्रालिले नेपालगञ्जमा दैनिक रु एक करोडदेखि रु दुई करोडको हाराहारीमा शेयर कारोबार गर्दै आएको छ । यसबाहेक नेपालगञ्जमा कालिका सेक्युरिटीजले पनि शेयर कारोबार गर्दै आएको छ ।
नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो
Posted By: दीक्षण दैनिक १५ चैत्र २०८०, बिहीबार १४:२२
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:२९
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो"