नेपालको जितमा कप्तान पारसको ५ छक्का, २ चौका

काठमाडौं । कप्तान पारस खड्काले युएई विरुद्ध जारी खेलमा अर्धशतक बनाएर आउट भएका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को शीर्ष दुई भित्र पर्न नेपाललाई युएई विरुद्धको खेल जित्नैपर्ने थियो । अन्ततः कप्तान पारस खड्काको विस्फोटक अर्धशतकमा नेपालले युएईमाथि ४ विकेटको महत्वपूर्ण जित निकालेको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारसले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । मात्र ४२ बलमा पारसले अर्धशतक बनाएका थिए । उनले ५ छक्का र २ चौका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । नेपालले २० रनमा ३ विकेट गुमाएको थियो । क्रिजमा रहेका कप्तान पारस खड्कालाई इनिङ्स सम्हाल्न ठूलै चुनौती थपिएको थियो । ओपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्रसिंह ऐरी र शरद भेषवाकर जस्ता उच्चकोटीका ब्याट्सम्यान आउट भईसकेका थिए । ७.३ ओभरमा अमिर हायतको बलमा पारसले चौका प्रहार गरे । यो नै पहिलो चौका थियो । यो चौकाले पारसलाई केही आत्मविश्वास पनि बढेको थियो । त्यही ओभरको अन्तिम बलमा कप्तान पारसले छक्का प्रहार गर्दै दबाब झेलेको नेपाली इनिङ्सलाई उकास्ने प्रयास गरेका थिए । १० औं ओभर बलिङ गर्न युएईका अहमद राजा आए । ९.२ ओभरमा कप्तान पारसले फेरि छक्का प्रहार गरेका थिए । पारसले १३.३ ओभरमा अहमद राजालाई छक्का प्रहार गर्दै यो भन्दा एक ओभरअघि शरद भेषवाकर आउट भएको बदला लिए । १३.६ ओभरमा नै अहमद राजाको बलमा पारसले फेरि चौका प्रहार गर्दै जिततर्फ नेपाललाई डोर्याए । १६ ओभरको खेलमा पनि थिए अहमद राजा । यो पटक पनि पारसले उनको बलमा रन बनाउन छोडेनन् । निकै आक्रामक रुपमा प्रस्तुत भएका पारसले यो ओभरमा उनलाई लगातार २ छक्का र थप २ रन जोड्दै एकै ओभरमा १४ रन बटुल्न पारस सफल भए । उनले यो ओभरमा दुई छक्का प्रहार गरेपछि नेपाल जित नजिक पुगेको थियो । तर १७.२ ओभरमा कप्तान पारस खड्का अमिर हायतको बलमा आउट हुन पुगे । कप्तान पारस आउट हुदा नेपालको स्कोर ६ विकेटको क्षतिमा ७६ रन भएको थियो । कप्तान पारसकै महत्वपूर्ण प्रदर्शनमा नेपालले युएईमाथि ४ विकेटको जित हात पार्दै जारी प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले सोमबार केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।

Shares

Be the first to comment on "नेपालको जितमा कप्तान पारसको ५ छक्का, २ चौका"

Leave a comment

Your email address will not be published.


*