नेकपा विप्लपका दोलखाका २ जना नेताद्धारा पाटी परित्याग

चरिकोट –नेकपा विप्लपका दोलखाका २ जना नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन । पाटी परित्याग गर्नेमा नेकपा विप्लपका दोलखाका जिल्लाका पुर्व सेक्रेटरी (सचिब) राजन धनुके र जनसरकार प्रमुख नेत्र बहादुर बस्नेत रहेका छन । आज उनीहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको रोवर पाटी त्याग गरेको घोषणा गरेको हुन । आफुहरु विगतमा विप्लप समुहको जिम्मेबारी रहेको हाल सो पाटीले लिएको निति प्रति असमहत लिदै पाटी परित्याग गरेको उनीहरुले बताए । “विगतमा आफू नेकपा विप्लपको जिल्ला सेक्रेटरी रहेको र डेड बर्ष आफुलाई पाटीले कारबाही गरेकोले त्यस दिनबाट आफू स्वतन्त्र रहेको धनुकेले बताए । आफू स्वतन्त्र रुपमा काम गर्दा बेला बेलामा निगरानी भएकोले पत्रकार सामु पाटी परित्याग गरेको घोषणा गरेको धनुकेले बताए । त्यसैगरी जिल्ला जनसरकार प्रमुख जिम्मेवारी समेत समालेका वस्नेतले आफु विप्लप समुहमा विगतमा सक्रियता पुर्वक लागेको र हाल पाटी लिएको नितिको कारण आफुले पाटी परित्याग गरेको बताए ।

Shares

Be the first to comment on "नेकपा विप्लपका दोलखाका २ जना नेताद्धारा पाटी परित्याग"

Leave a comment

Your email address will not be published.


*