चरिकोट (दीस) – नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले राजुप्रसाद शर्माको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी चयन गर्दै सम्पन्न भएको हो। शर्मा पुनः पालिकाको अध्यक्षमा चयन हुनुभएको छ।
अधिवेशनले प्रथम उपाध्यक्षमा रुरल एम मनिका तथा उपाध्यक्षहरूमा बद्री पौडेल, खड्गविक्रम खड्का र भवानी राउत, सचिवमा सुमन मिजार, सहसचिवमा एमप्रसाद सुवेदी र कोषाध्यक्षमा सिर्जना उप्रेतीलाई चयन गरेको छ।
अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दोलखा इञ्चार्ज विशाल खड्काले एक समारोहबीच गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य वासुदेव पोखरेल, जिल्ला सचिव सन्तोष केसी, नेता अर्जुन योगी, तामाकोशी गाउँपालिका इञ्चार्ज उपेन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
Be the first to comment on "नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन"