नेकपा दोलखाले भन्योः कार्यकर्ताको भाबनालाई चोट पु¥याउने कार्य बन्द गरौ

असार १९(दीस) – नेपाल कम्युनिष्ट पाटी (नेकपा) दोलखाले कार्यकर्ताको भाबनालाई चोट पु¥याउने कार्य बन्द गर्न नेतृत्वको ध्यानाकर्षण गराएकाे छ। आज नेकपा दोलखाले जारी ध्यानाकर्षणमा
नेकपाको स्थायी कमिटीको बैठक बसिरहेको बेलामा सदस्यहरु बिभिन्न मतमा बिभाजन भई पाटी एकता जनभाबना तथा कार्यकर्ताको भावना माथी चोट पुर्याउने कार्य भएको जनाएको छ ।
नेपाल कम्युनिष्ट पाटी दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल तथा सचिव गोपाल पाण्डेले हस्ताक्षर गरेको ध्यानाकर्षणमा स्वदेशी तथा बिदेशी प्रतिक्रियाबादीहरुलाई खुसी बनाउन गरिएका त्यस्ता गतिविधिको अन्त्य अनुरोध गरिएको छ । बार्ता छलफल र सह–कार्यलाई निरन्तरता दिँदै पाटीलाई मजबुत बनाई एकताका साथ अघि बढदै नेपाली जनताको हितमा सरकार संचालनको लागि आग्रह गरिएको छ ।

Shares

Be the first to comment on "नेकपा दोलखाले भन्योः कार्यकर्ताको भाबनालाई चोट पु¥याउने कार्य बन्द गरौ"

Leave a comment

Your email address will not be published.


*