नेकपा दोलखाका सदस्यहरुको सपथ

दीक्षण समाचार
चरिकोट, १३ जेठ
नेकपा दोलखाका जिल्ला कमिटीका सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् । नेकपाका केन्द्रीय सदस्य तथा ३ नं. प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालको उपस्थितिमा जिल्ला कमिटी दोलखाका सदस्यहरुले चरिकोटको पार्टी कार्यालयमा आयोजित एक समारोहका बीचमा सोमबार दिउँसो सफथ ग्रहण गरे ।
सफत ग्रहण कार्यक्रममा एक सय बढी जिल्ला कमिटीका सदस्यहरु सहभागी भएको एक नेताले जानकारी दिए । सपथ ग्रहणमा सबै उपस्थित हुने चाहे तापनि विप्लबले गरेको नेपाल बन्दका कारण यातायात बन्द हुँदा सबै उपस्थित हुन नसकेका हुन् ।
नेकपाका जिल्ला कमिटी सदस्यहरु कति काठमाडौं र कतिपय गाउँगाउँमै थिए । सफथ ग्रहणका लागि ३ नं. प्रदेश कमिटीका अध्यक्ष दाहाल सहित सचिव आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य गंगा कार्की, पार्वत गुरुङ लगायतका नेताहरु भने आइतबार राती नै चरिकोट आइपुगेका थिए ।
सफत ग्रहण लगत्तै जिल्ला कमिटीको बैठक बसेको थियो । बैठकले पार्टी संगठनलाई सक्रिय बनाउने निर्णय गरेको छ । पार्टी एकीकरण प्रक्रियाका कारण एक वर्षयता नेकपाको पार्टी सक्रिय हुन सकेको थिएन । एक वर्ष अघि साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण प्रक्रिया सुरु भएको थियो ।

Shares

Be the first to comment on "नेकपा दोलखाका सदस्यहरुको सपथ"

Leave a comment

Your email address will not be published.


*