नेकपा दाेलखाकाका प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठाए संविधान पुस्तक

चरिकाेट पुस २४ संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा दाेलखाकाका प्रचण्ड–माधव समूहले प्रमुख जिल्ला अधिकारी  रमेश प्रसाद शिवाकाेटी मार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा नारा जुलुससहित पुगेको समुहले प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय दाेलखा मार्फत नेपालको संविधान– २०७२ को पुस्तकसहित बिरोधपत्र बुझाएका हुन् । प्रधानमन्त्रीले संविधान विपरित संसद विघटन गरेकाे भन्दै अध्यननका लागि पुस्तक पठाइएकाे नेकपा दाेलखाकाका प्रचण्ड–माधव समूहले जनाएका छन् । उनिहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक निर्णय सच्याउन अनुरोध समेत गरेकाे छ। यसैबिच साेही समुहले दोलखामा नेकपा ओली समूहको जिल्ला भेलालाई सम्बोधन गर्न आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कालो बेलु्न देखाएर विरोध गरेका थिए ।संबिधानको प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण कार्यक्रम पछि सातदोबाटोमा भएको को सभालाई संबोधन गर्दै नेकपाको दहाल नेपाल समुहका केन्द्रीय सदस्य गंगा कार्कीले संसद बिघटन कु भएको बताए । त्यसैगरी केन्द्रीय सदस्य एमं बागमती प्रदेशकी सांसद रचना खडकाले केपी ओली सरकारले संसद विघटन गरेर असैबैधानिक कदम चालेको बताइन ।

Shares

Be the first to comment on "नेकपा दाेलखाकाका प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठाए संविधान पुस्तक"

Leave a comment

Your email address will not be published.


*