नेकपा ओली समुहको चौथो बिस्तारित बैठकले ५ सय ५१ सदस्यीय जिल्ला कमिटी बिस्तार

चरिकोट (दीस) –दोलखामा नेकपा ओली समुहको आइतबार बसेको चौथो बिस्तारित बैठकले दोलखाका पाटी अध्यक्ष ईस्वर चन्द्र पोखरेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय जिल्ला कमिटी बिस्तार गरेको छ । सदरमुकाम चरिकोटमा बसेको बैठकले विस्तार गरेको जिल्ला कमिटीलाई सम्बन्धित पालिकमा फागुन ८ गत शपथ गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपाका बागमति प्रदेशका अध्यक्ष आनन्द प्रसाद पोखरेलले सरकारले नक्सा जारी गरेपछि बिदेशी शक्तिले पाटी बिभाजन गर्ने योजना अन्र्तगत पाटी विभाजन गरेको दाबि गरे । “आजको लडाई राष्ट्रियताको लडाई हो , स्वाधिनताको लडाई हो ”, पोखरेलले भने ,। नेकपा दोलखाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले सरकारलाई असफल गराउने खेल भएको बताए । “आफनै पाटी अध्यक्षको नेतृत्वमा बनेको सरकार गिराउने खेल भएपछि प्रधानमन्त्रीले संसद बिघटन गर्न बाध्य भएको हुनु भएको हो ,ताजा जनमतमा जाने निर्णयको जनताले साथ दिएका छन् ”अध्यक्ष पोखरेलले भने । दोलखामा नेकपा एकताबद भएको रसबै जना मुलधार रहेको पोखरेलको दाबी रहेको छ । नेकपाका नेता नर बहादुर श्रेष्ठले दोलखाका तीन वटै सरकार समृद्ध दोलखा बनाउने अभियान रहेको जिकिर गरे । सरकारलाई असफल बनाउने खेल भएपछि प्रधानमन्त्रीले ताजा मतको लागि निर्वाचन घोषणा गरेको उनको भनाई रहेको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एबंम नेपाल सरकारको सुचना तथा प्रबिधी संञ्चार मन्त्री पार्वत गुरुङ पनि सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "नेकपा ओली समुहको चौथो बिस्तारित बैठकले ५ सय ५१ सदस्यीय जिल्ला कमिटी बिस्तार"

Leave a comment

Your email address will not be published.


*