नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीद्धारा स्व . चौगालाईको निधनमा शोकसभा

चरिकोट (दीस) – कोरोना संक्रमणका कारण निधन भएका पाटीका नेता स्व. पशुपति चौगालाईको स्मृतीमा नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीले आज शोकसभा गरेको छ । नेकपा एमाले बैतेश्वर गाउँ कमिटीको आयोजनामा सम्पन्न भएको सो सभामा बैतेश्वर गाउँपालिकाका जनप्रतिनिधी , एमालेका नेता कार्यक्रता तथा स्थानीय सहभागि भएका थिए । स्व. चौलागाईको मंगलबार राती कोरोना संक्रमणको कारण उपचार क्रममा राजधानी काठमाडौमा निधन भएको थियो । उनलाई निष्ठावान नेताको रुपमा चिनिने गरिएको थियो । उनी नेकपा एमालेको केन्द्रीय सदस्य तथा हाल बागमती प्रदेशका सांसद रहेका थिए । स्व. चौलागाई २०५६ सालमा प्रतिनिधी सभाका सांसद र २०७० सालमा सबिंधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई दोलखामा बिकास प्रेमी नेताको रुपमा चिनिने गरेको थियो ।

 

 

 

 

Shares

Be the first to comment on "नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीद्धारा स्व . चौगालाईको निधनमा शोकसभा"

Leave a comment

Your email address will not be published.


*