नेकपा एमाले दोलखाकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित

दीक्षण समाचार
चरिकोट, पुस २६
नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनबाट नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि श्रेष्ठ र भरत दुलालबीच प्रतिस्पर्धा भएको थियो । सोमबार साँझ सम्पन्न मतपरिणामले दुई प्रतिस्पर्धिमध्ये नर बहादुर श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धि भरत दुलालले दुई सय ८४ मत प्राप्त गर्नुभएको थियो भने श्रेष्ठले पाँच सय ९ मत प्राप्त गर्नुभएको थियो । दुई सय २५ मतान्तरले श्रेष्ठले दुलाललाई हराउँदै अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धर्मेन्द्र मोक्तान विजयी हुनुभएको छ ।  त्यसैगरी कमला बस्नेत र सुन्दर कार्की समान २२३ मत प्राप्त पाउनुभएकाे छ । विधानअनुसार उसचिव दुइ जना रहने व्यवस्था छ ।

पदाधिकारीको अन्तिम मत परिणाम
अध्यक्ष
नर श्रेष्ठ ५०९
भरत दुलाल २८४
उपाध्यक्ष
कृष्ण बस्नेत १२५
जानुका न्यौपाने १२१
राजेन्द्र मानन्धर २७४
राम बहादुर श्रेष्ठ १३
प्रेम कुमारी चौलागाईं २६५
सचीव
हिरा थोकर ४९६
होम पाठक २७०
उप सचिब
कामला बस्नेत २२३
केसब चौलागाईं १२८
धर्मेन्द्र मोत्तान २६४
नबराज कार्की ४६
माधबलाल कायस्थ ५७
रेशम रिमाल १४६
सुन्दर कार्की २२३
सुन्दर लामिछाने २०९
हरिबंश चौलागाईं १५८
Shares

Be the first to comment on "नेकपा एमाले दोलखाकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित"

Leave a comment

Your email address will not be published.


*