नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन माघमा गर्ने निर्णय

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाले १० औँ अधिवेशन माघमा गर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार चरिकोटमा भएको सो पार्टीको बैठकले जिल्ला अधिबेशन आगामी माघ १९ देखि २१ गतेसम्म गर्ने निर्णय गरेको हो । अधिबेशन सदरमुकाम चरिकोटमा ३ दिनसम्म हुने भएको छ । एकताको सन्देशसहित ं जिल्ला अधिवेशन दोलखा सदरमुकाम चरिकोटमा गरिने निर्णय गरिएको नेकपा एमाले दोलखाले जनाएको छ । बैठकले नरबहादुर श्रेष्ठको अध्यक्षतामा ५सय १ जना मुल कमिटी र अन्य विषयगत कमिटीहरू गठन गरेको छ । ९ औँ जिल्ला अधिवेशनले निर्वाचित गरेको जिल्ला कमिटीलाई एमालेले गत भदौमा जिल्ला अधिबेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।जिल्ला आयोजक कमिटीले अधिबेशन ६ महिना भित्र गर्नु पर्ने विधान अनुसार एमालेले माघमा अधिवेशन गर्न लागेको हो ।
१० औँ जिल्ला अधिवेशनले अगामी ३ बर्षको लागि एमालेको नयाँ नेतृत्व छनोट गर्ने छ ।

Shares

Be the first to comment on "नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन माघमा गर्ने निर्णय"

Leave a comment

Your email address will not be published.


*