नेकपा (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका–५ को वडा अधिवेशन सम्पन्न

दीक्षण समाचार
चरिकोट, मंसिर ५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका–५ को वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारीको प्रमुख आथितिथ्यतामा मैनापोखरीमा शनिबार वडा अधिवेशन सम्पन्न भएको हो । वडा अधिवेशनले गिता प्रसाद दाहालको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रबिन दाहाल र मरिचमान बस्याल, सचिवमा सन्तोष दाहाल, उसचिवमा सिता पाण्डे र मिन बहादुर दाहाल चयन हुनुभएको छ । सदस्यहरुमा सुनखरी मिजार, गोपाल मिजार, राधिका कार्की, मनोज नेपाली दिनेश घिमिरे भुपेश बस्नेत लगायत चयन हुनुभएको छ । वडा अधिवेशनमा केन्द्रीय तथा जिल्ला सहइन्चार्ज गोपाल न्यौपाने, जिल्ला समिति अध्यक्ष भीम प्रसाद दाहाल लगायत जिल्लास्तरीय नेताहरुले मन्तव्य व्यक्त गनुभएको थियो ।

Shares

Be the first to comment on "नेकपा (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका–५ को वडा अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*