नेकपा (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका–४ को प्रथम वडा अधिवेशन सम्पन्न

दीक्षण समाचार
चरिकोट, कार्तिक ६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका– ४ को प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । हनुमन्ते क्याम्पसको प्राङगणमा भएको अधिवेशनले तारानिधी दाहालको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेको छ ।


समितिको उपाध्यक्षमा इन्द्र प्रसाद न्यौपाने, सचिबमा शंकर दहाल, सहसचिवमा राजकुमार दहाल चयन हुनुभएको नेता पदम प्रसाद दहालले बताउनुभयो । अधिवेशन उद्धघाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य गोपाल न्यौपाने, जिल्ला कमिटी अध्यक्ष भिम दहाल, युवा नेत्री तारा तामाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


तस्बिरः अजिब कुमार दाहाल

Shares

Be the first to comment on "नेकपा (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका–४ को प्रथम वडा अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*