नेकपाको ३ नम्वर प्रदेश कमिटीमा दोलखाबाट १२ जना

चरिकोट । नेकपाको ३ नम्वर प्रदेश कमिटीमा दोलखाबाट १२ जना परेका छन । सोमबार नेकपा महासचिब विष्णु पौडेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती अनुसार दोलखा बाट पुर्व एमालेबाट ईश्वरचन्द्र पोखरेल , चोक बहादुर दहाल ,सरस्वती बस्नेत , दुर्गा थापा , बसन्तराज कार्की , बालकृष्ण शिबाकोटी परेका छन । त्यसैगरी पुर्व माओबादी केन्द्रबाट शंकर लामा , कृष्ण भुजेल नर बहादुर पाख्रीन , गोपाल पाण्डे , पर्शूराम रिमाल र कुल बहादुर बुढाथोकी परेका छन । यस अघि नै प्रदेश कमिटीको सचिबमा केद्रिन्य कमिटीका सदस्य आनन्द प्रसाद पोखरेलले जिम्मेवारी पाइसकेका छन । त्यसैगरी दोलखाबाट नेकपाको केन्द्रीय कमिटीमा ८ जना जिम्मेवारी पाएका छन ।

Shares