नेकपाको केन्द्रमा दोलखाबाट ८ नेता

चरिकोट –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटीमा दोलखाबाट ८ जना नेता परेका छन । ४ सय ४१ जनाको नाम मंगलबार सार्वजनिक भएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रिय कमिटिमा दोलखाका ८ नेता परेका हुन् । ती मध्य तत्कालिन एमालेबाट ५ र माओवादी केन्द्रबाट ३ जना नेकपाको केन्द्रीय सदस्य बनेका छन् । तत्कालिन एमालेबाट पशुपति चौँलागाई, आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल र रचना खड्का केन्द्रीय सदस्य बनेका छन् । चौँलागाई यसअघि तत्कालिन एमालेका पोलिटव्युरो सदस्य रहेका थिए भने गुरुङ, रिजाल र खड्का केन्द्रिय सदस्य रहेका थिए । ३ जना महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वा्चित भएका हुन् । उनीहरु यसअघि नै केन्द्रीय जिम्मेवारीमा रहेकाले स्वतः नेकपाको केन्द्रिय सदस्य बनेका हुन् । पुर्व पर्यटनमन्त्री पोखरेललाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रिय सदस्य बनाईएको हो । यसैगरी, तत्कालिन माओवादी केन्द्रबाट स्थायी समिति सदस्य गंगा कार्की विश्व, पोलिटव्युरो सदस्य देवी खड्का र नेता मुक्तिनारायाण प्रधान नेकपाको केन्द्रीय सदस्यमा परेका छन् । कार्की र खड्का तत्कालिन नेकपा माओवादी केन्द्रको विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए ।

Shares

Be the first to comment on "नेकपाको केन्द्रमा दोलखाबाट ८ नेता"

Leave a comment

Your email address will not be published.


*