निशुल्क स्वास्थ्य शिबिर शुरु

चरिकोट –मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटी दोलखाको आयोजनामा तथा शुस्वास्थ्य हस्पिटल बानेश्वरको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर दोलखाको सदरमुकाम चरिकोटमा बुधवारवाट शुरु भएको छ । शिविरको पुर्व पर्यटन मन्त्री , मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य एबंम नेकपाका ३ नंम्बर प्रदेशका सचिब आनन्द पोखरेलले उद्धघाटन गरेका छन । समारोहमा बोल्दै पोखरेलले मदन भण्डारीको बहुदलिय जनबादको अहिले पनि सान्र्दभिकता अहिले पनि रहेको बताए । उनले विस्वको कम्युनिष्ट आन्दोलनमा बहुदलिय जनबादको आफनै विशिष्टता रहेको पनि बताए । जिल्ला समन्वय समिति दोलखा प्रमुख डबल पाण्डेले सिविरले जनताको स्वास्थ्यमा सहयोग पुग्ने बताए । कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर भरत के.सी ,प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक , मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटी दोलखाकी उपाध्यक्ष कमला बस्नेत ,सचिब रोहित चन्द्र खडका लगायतको नेता तथा अन्यको सहभागिता रहेको थियो । शिबिरमा कम्मर दुख्ने ,गर्दन दुख्ने ,घुडा दुख्ने, नसा च्यापिएको ,हड्डी खिएको , बाथ, प्यारालाइसिस , माइग्रेन र पिनास उपचार हुने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "निशुल्क स्वास्थ्य शिबिर शुरु"

Leave a comment

Your email address will not be published.


*