निर्वाचन स्वच्छ बनाउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने

चरिकोट ,दीसः निर्वाचनस्वच्छ बनाउन संचार माध्यमको भूमिका महोत्वपूर्ण हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताउनु भएको छ । शनिवार सदरमुकाम चरिकोटमा आयोजित अभिमुखीकरण कार्यक्रम लाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।जिल्ला निर्वाचन कार्यालय दोलखाले आयोजना गरेको “निर्वाचनमा सञ्चार माध्ययमको भूमिका” विषयक मिडिया अभिुमखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यनिर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस श्रेष्ठले प्राकृतिक रुपले सुन्दर दोलखामा विगतमा निर्वाचनमा भने गडबडी हुने गरेको सुनिनु नराम्रो कुरा भएको बताउनु भयो । “निर्वाचनमा मतदाताले भयरहित ढंगले मतदान गर्न पाउनु पर्छ । यो सार्वभौम जनताको अधिकार हो । यो अधिकारको प्रयोगमा कुनै पक्षबाट बाधा व्यवधान उत्पन्न हुनु हुँदैन ।” उहाँले भन्नु भयो,“निर्वाचनमा सेटिङ, बुथ कब्जा हुन्छ भन्ने जस्ता हल्लाको पछि कसैले नलागे हुन्छ । सबैले आफ्नो कर्तब्य ईमानदारीपूर्वक गर्ने हो । निर्वाचन स्वच्छ हुन्छ ।”निर्वाचन निष्पक्ष स्वतन्त्र रभयरहित ढङ्गले सम्पन्न गराउन मिडियाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले आचार संहितालाई ध्यान दिँदै सत्य तथ्य समाचार प्रकाशन प्रसारण गर्न उहाँले उक्त अबसरमा आग्रह गर्नु भएको थियो ।यस्तै प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिल्लामा पहिले भन्दा यसपटकको निर्वाचनमा बढी सुरक्षकर्मी परिचालन गरिने बताउनु भयो । यसबाट सुरक्षा ब्यवस्था अझै मजबुत हुने बताउँदै मतदाताले निर्वाचनमा स्वतन्त्र भएर मतदान गर्न सक्ने ब्यवस्था मिलाईएको बताउनु भयो । कार्यक्रममा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित ढङ्गले सम्पन्न गर्न सञ्चारकर्मी, स्थानिय प्रशासन, जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने कुरामा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त भएको थियो ।कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यचिरञ्जीबि मास्केले काउन्सिलले चुनाबको सुस्म तरिकाले अनुगमन गरिरहेको थियो । अचारसंहिता पालना गर्न सबै संचार माध्यमलाई उहाँले आग्रह गर्नु भयो ।कार्यक्रममा पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष चुनाबमा मिडिया भूमिकाको बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Shares

Be the first to comment on "निर्वाचन स्वच्छ बनाउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने"

Leave a comment

Your email address will not be published.


*