निर्वाचनमा अन्तर्घात गर्नेलाई दोलखा कांंग्रेसले माफी दियो

दीक्षण समाचार
चरिकोट, माघ २३
नेपाली कांग्रेस दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई माफी दिएको छ । कांग्रेसका पार्टी सभापति बर्मा लामाले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरुलाई माफी दिइएको घोषणा गर्नु भएको हो ।
निर्वाचनमा अन्तर्घात गर्ने सूर्यमुखी तथा अर्थमुखी कांग्रेसलाई समेत सुध्रने मौका दिदैँ माफी दिइएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । ठूला नेता तथा कार्यकर्ताहरु समेत अन्तर्घातीहरुको सूचिमा परेको र आवश्यक परेमा सार्वजनिक गर्न सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ । ती सबै अन्तर्घातका घटनाहरुलाई भुलेर सुदृढ र संगठित कांग्रेस निर्माणका लागि क्षमदान दिइएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि नेता–कार्यकर्ताहरु पार्टीको नीतिनिर्देशन बमोजिम लामबद्ध हुन आह्वान गरिएको छ । सभापति लामाले निर्वाचनमा अन्तर्घात गर्नेलाई पटकपटक कारबाही गरिने चेतावनी दिएपनि अहिले माफी दिएको घोषणा गर्नु भएको हो ।

Shares

Be the first to comment on "निर्वाचनमा अन्तर्घात गर्नेलाई दोलखा कांंग्रेसले माफी दियो"

Leave a comment

Your email address will not be published.


*