निर्माण सामाग्री सहज बनाउन निर्माण व्यवसायी संघको माग

चरिकोट– दोलखा जिल्ला निर्माण व्यवसायी संघले निर्माण सामाग्री सहज बनाउन माग गरेका छन । जिल्ला प्रशासन कार्यालय दोलखामा विहिबार ज्ञापन पत्र वुझाउदै सहज आपूर्ति नगराए ठेक्का सम्वन्धी सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन् । २२ निर्माण व्यवसायीहरुलाई काम नगरेको भन्दै कारवाही गर्न सिफारिस गर्ने अर्कोतर्फ नदिजन्य पदार्थको आपूर्तिमा आफैंले अवरोध गर्ने कार्य गरेको प्रति निर्माण व्यवसायी संघको गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमार्फत जनाएको छ । सचिव राजेश थापाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘एकातिर काम गरेको भुक्तानी वर्ष्दिन वित्न लागिसक्दा पनि नहुने, अर्को्तिर निर्माण कार्यका लागि रोडा, ढुङ्गा, गिटी बालुवा जस्ता नदिजन्य पदार्थ उपलब्ध गराउने काममा सरकारले नै बाधा उत्पन्न गरिरहेको अवस्थामा सहज ढंगले निर्माण कार्य अगाडि बढाउन नसक्ने’ उल्लेख गरिएको छ । पछिल्लो समय प्रशासन र प्रहरीको कडाईको कारण रोडा, ढुङ्गा, गिट्टी, बालुवाको अभावको कारण दोलखा जिल्लामा नदिजन्य निर्माण सामग्रीको मूल्य आकाशिएको छ । नदिजन्य पदार्थको सहज आपूर्ति विना कुनै पनि प्रकारको विकास निर्माणको काम गर्न नसकिने यथार्थ थाहा हुँदा हुँदै छिटो काम सम्पन्न गर भन्नु हात खुट्टा बाँधेर दौडी बन्नु सरह भएको निर्माण व्यवसायीहरुको आरोप छ ।

Shares

Be the first to comment on "निर्माण सामाग्री सहज बनाउन निर्माण व्यवसायी संघको माग"

Leave a comment

Your email address will not be published.


*