निर्माण व्यवसायी संघको नेतृत्वमाः घिसिङ

दीक्षण समाचार
चरिकोट, २८ भदौ
दोलखा निर्माण व्यवसायी संघको नयाँ नेतृत्वमा सम्शेर घिसिङ चयन भएका छन् । बिहीबार चरिकोटमा भएको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनबाट अध्यक्ष सहित १७ जना निर्विरोध निर्वाचित भएका छन् ।
वैतेश्वर गाउँपालिका वडा नं. ६ का घिसिङ कन्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक सम्शेर यस अघि वरिष्ठ उपाध्यक्ष थिए । घिसिङ संगै संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार श्रेष्ठ, उपाध्यक्षहरुमा बालकृष्ण आचार्य, दावा शेर्पा र राजु लामा समेत चयन भएका छन् ।
संघको महासचिवमा राजेश थापा, सचिव सुरेश थापा, कोषाध्यक्ष कृष्णबहादुर दाहाल, सह कोषाध्यक्षमा इन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी वरिष्ठ सदस्यमा विष्णुप्रसाद श्रेष्ठ, महिल सदस्यमा विना अधिकारी, सदस्यहरुमा क्रमशः लालबहादुर तमाङ, रोशन श्रेष्ठ, राजु रिमाल, छविलाल तमाङ, सोमबहादुर उप्रेती र गणेशबहादुर थापा निर्वाचित भएका छन् ।
२१ पदका लागि निर्वाचित गर्नु पर्ने भए तापनि ५ सदस्य पद रिक्त रहेकाले पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष घिसिङले बताए । संघको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले उद्घाटन गरे ।

Shares

Be the first to comment on "निर्माण व्यवसायी संघको नेतृत्वमाः घिसिङ"

Leave a comment

Your email address will not be published.


*