निर्माण थालनी छिटो गर

दोलखालीको भाग्य भविस्य जोडिएको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको चाँडै सुरु गर्न स्थानीयले माग गरेका छन् । विस्तृत आयोजना प्रतिवेद(डीपीआर) तयार भई सकेको आयोजना समयमा सुरु गर्नका लागि स्थानीयले सरकारसँग माग गरेका छन् । दोलखाकै भाग्य र भविष्यसँग जोडिएको आयोजना समयमै निर्माण सुरु गराउनका लागि शनिबार भेला भएर सरकारको ध्यानाकार्षण गराए । ६५० मेगावाट क्षमतामा डीपीआर भइसकेको आयोजना क्षमता नघटाई जसले बनाउँछ उसैलाई दिएर भएपछि आयोजनाको काम चाँडै सुरु गराउँन उनीहरुले माग गरेको समाचार वाहिर आएको छ । स्थानीयस्तरबाट आयोजनाको काम रोक्ने र अवरोध गर्नेभन्दा पनि अब आयोजनामैत्री हुन आग्रह गरे । तामाकोसी तेस्रोको नर्वेजियन कम्पनी स्टाटक्राफ्टले ६५० मेगावाटमा निर्माण गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) समेत तयार गरिसकेको छ ।

हाल दोलखामा माथिल्लो तामाकाशीको दु्रत तरिकाले निर्माण भइराखेको छ भने अर्को तर्फ तामाकोशीको पाँचौ पनि निर्माणको थालनी भएको छ । देशमा नै दोलखा जलविद्युतको हवको रुपमा चिनिएको छ । दोलखा मात्र नभएर देशकै ठूलो आयोजना मध्ये पर्ने तामाकोसी तेस्रो जसरी पनि बनाउनु पर्नेमा देखिएको छ । यसले जल विद्युत विकासमा देशलाई नै सहयोग गर्ने छ । सवै पहल गरेमा मात्र आयोजननको निार्माण सम्पन्न छिटो हुने छ । त्यसैले दोलखामा रहेका सवै आयोजना बनाउनका लागि स्थानीय तह, प्रदेश तह र संघीय तहसम्मले आयोजनाको काम तत्काल सुरु गराउनका लागि पहल गर्न सवै पक्षको ध्यान आकर्षण गराउन पहल गर्नु जरुरी रहेको छ ।
देशमा धेरै स्थानमा विद्युत निर्माण गर्नू भन्दा अगाडी पुर्वधारको विकास गर्न धेरै बर्ष वित्ने गरेको छ । तर यस आयोजनमा प्रसारण लाइन र सडक जस्ता पूर्वाधार भएकोले यसलाई अब ढिला नगर्दा नै वेस हुने छ । तामाकोसी तेस्रो आयोजनाको प्रस्तावित विद्युत कृह निर्माणाधिन न्यू खिम्ती सव स्टेशनभन्दा ३ किलोमिटरको दुरीमा रहेको छ । न्यू खिम्ती सव स्टेशन देवीटारबाट खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइन एक वर्ष अघिदेखि चार्च भइसकेको छ भने खिम्ती–बाह्रविसे–काठमाडौं ४०० केभीको प्रसारण लाइन निर्माण सुरु हुने तयारी छ । त्यसैले यस आयोजनाको निर्माण छिटो गर । यसले मात्र दोलखाली तथा देश विकासमा टेवा पुग्ने छ ।

Shares

Be the first to comment on "निर्माण थालनी छिटो गर"

Leave a comment

Your email address will not be published.


*