निता राउत फाउन्डेशनद्धारा औषधी सहयोग

इश्वर बिश्वकर्मा
चरिकोट, असार १
कोभिडकै लागि भनेर विश्वमा कुनै पनि औषधी आविष्कार भइसकेको छैन् । यद्यपी लक्षण देखिएका कोभिड बिरामीले लक्षण कम गराउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार विभिन्न औषधी सेवन गरिरहेका छन् । दोलखाको चरिकोट अस्पताल, सिंगटी अस्पताल, मालु कोभिड अस्पताल, जिरी अस्पतालमा अस्पताल भर्ना भएका बिरामीको स्वास्थ्य उपकरण र औषधीको सहायताले उपचार भईरहेको छ । तर कोभिड बिरामीका लागि उपयोगी औषधीहरु व्यवस्थापनमा सकस हुन सक्छ । यही कुरालाई मध्यनजर गरी अस्पतालमा सहज ढंगले औषधी आपूर्तिका लागि निता राउत फाउन्डेशन सक्रिय भएको छ । जसले विभिन्न दाताहरुको आर्थिक सहयोगमा औषधी खरीद गरी अस्पतालाई सहयोग गर्दै आएको छ । फाउन्डेशनले जेठ ९ गते चरिकोट अस्पताललाई कोडिन ३ सय पत्ता, कफ सिरफ १ सय ३० फायल, भिटामिन सि १ सय पता गरी ४१ हजार बराबरको औषधी सहयोग गरिएको फाउन्डेशनका अध्यक्ष निता राउतले बताइन् । त्यस्तै सोमबार सिंगटी प्राथमिक अस्पताललाई ३० हजार बराबरको औषधी सहयोग गरिएको छ । १ सय १० पत्ता भिटामिन सि, १ सय वटा कफ सिरफ र १ सय ८४ पत्ता कोडिन सहयोग गरिएको हो । कोभिड बिरामीलाई आवश्यक पर्ने तर जुन् अस्पताल बाहेक बाहिर खरीद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी अस्पतालाई औषधी सहयोग गरिएको फाउन्डेशनका अध्यक्ष निता राउतले बताइन् । अस्पतालमै निशुल्क औषधी प्राप्त भएपछि बिरामीको कुरुवाहरु बाहिर औषधी खरीद गर्न जानुपर्ने बाध्यता हटेको छ । त्यसैगरि सिंगटी प्राथमिक अस्पताललाई ५० प्याकेट मास्क वितरण गरिएको छ । २०७४ चैत्र बाट समाजसेवामा सक्रिय फाउन्डेशनले अघिल्लो वर्षको बन्दाबन्दीमा विभिन्न स्थानका विपन्न तथा असहायलाई खाद्यान्न लगायतका सामग्री वितरण गरेको थियो ।

Shares

Be the first to comment on "निता राउत फाउन्डेशनद्धारा औषधी सहयोग"

Leave a comment

Your email address will not be published.


*