निजामतीमा सेवा प्रवेशकाे अधिकतम उमेर ३२ वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव

काठमाण्डाै – लोक सेवा आयोगले निजामतीमा सेवा प्रवेशकाे अधिकतम उमेर ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ । निजामतीमा प्रवेश गर्ने अधिकतम उमेर अहिले पुरुषकाे ३५ र महिलाकाे ४० छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव गर्नुभएको हो । उहाँले राख्नुभएको लिखित प्रस्तावमा महिला र समावेशीतर्फ आउने अपाङ्गतालगायतका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव छ ।

यस्तै अध्यक्ष रेग्मीले मुख्य सचिवको अवधि दुई वर्ष र सचिवको तीन वर्षमा झार्न प्रस्ताव गर्नुभएको छ । अहिले मुख्य सचिवको पदावधि तीन वर्ष र सचिवको पाँच वर्ष रहेको छ । यस्तै उहाँले सहसचिवमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गर्नुभएको छ ।

Shares

Be the first to comment on "निजामतीमा सेवा प्रवेशकाे अधिकतम उमेर ३२ वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव"

Leave a comment

Your email address will not be published.


*