बालिकालाई करणी गरेको कसुरमा पक्राउ परेका युवक कारागार चलान

ईश्वर बिश्वकर्मा
चरिकोट, पुस २
बालिकालाई करणी गरेको कसुरमा पक्राउ परेका दोलखाका एक युवक कारागार बुधबार चलान भएका छन् ।
जिल्लाको शैलुङ गाउँपालिका ४ मागापौवाका ४० वर्षका भिमेशेन भुजेल नाबालिका करणी कसुरमा काराकार चलान भएका हुन् ।
साउन २८ गते सोही स्थानकी १५ वर्षकी सुस्त मनस्थिति भएकी नाम परिवर्तित बालिकालाई पसलमा सामान किनेर फर्किदैँ गर्दा पोखरे सामुदायिक वनमा भेटी करणी गरेका थिए । करणीबाट बालिका गर्भवती भएको भन्दै उनका परिवारले प्रहरीलाई उजुरी दिएका  थिए ।
घटनाबारे उजुरी पर्नासाथ  प्रहरीले करणी गर्ने भिमशेनलाई प्रकाउ गरि अनुसन्धान पश्चात् जिल्ला अदालतमा पेश गरेको थियो । अदालतबाट थुनामा राख्न आदेश आएकाले भुजेललाई दोलखा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेलले बताए ।

Shares

Be the first to comment on "बालिकालाई करणी गरेको कसुरमा पक्राउ परेका युवक कारागार चलान"

Leave a comment

Your email address will not be published.


*