नापी कार्यालयद्धारा नौ लाख बढी राजस्व संकलन

दीक्षण समाचार
चरिकोट, साउन ११
नापी कार्यालय दोलखाले एक वर्षको अवधिमा नौ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा नक्सा ट्रेस, फिल्डबुक र जग्गाको फिल्ड रेखाङ्कन शिर्षकमा नौ लाख ९ हजार ७ सय ६२ रुपैयाँ राजस्व असुल गरेको हो । कार्यालयका अनुसार नक्सा ट्रेस र फिल्डबुकबाट सात लाख २१ हजार ९ सय २ र रेखाङ्कनबाट एक लाख ८७ हजार ८ सय ६० रुपैयाँ राजस्व संकलन भएको छ । अहिले नक्सा ट्रेस र फिल्डबुकको काम चलिरहेको छ । तर फिल्ड रेखाङ्कन कार्य भने बन्द रहेको कार्यालयका लेखापाल कृष्ण प्रसाद शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार वर्षा सुरु भएकोले चार महिनाको लागि असारदेखि फिल्ड रेखाङ्कन गर्न बन्द गरिएको हो । जग्गा नाप जाँच तथा नक्सा स्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशिका, २०७३ अनुसार वर्षाको बेलामा फिल्डमा गएर जग्गाको रेखाङ्कन कार्य स्थगित गरिएको लेखापाल शिवाकोटीले सुनाउनुभयो ।

Shares

Be the first to comment on "नापी कार्यालयद्धारा नौ लाख बढी राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*