नाच्दै, नचाउदैँ संस्कृति जोगाउदैँ दोलखा डान्स क्रु

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १७
दोलखा डान्स क्रु नाच्दै, नचाउदैँ स्थानीय मौलिक कला संस्कृति जोगाउने अभियानमा सक्रिय भएको छ ।
२०७३ कार्तिकदेखि क्रुमा आबद्ध कलाकारहरु कला संस्कृति जोगाउने अभियानमा सक्रिय भएका हुन् ।
नृत्य कलामा रम्ने चाहना भएका व्यक्तिहरूलाई एकिकृत बनाई नृत्य कला सिकाई नाच्दै, नचाउदैँ मौलिकता र राष्ट्रियता जोगाउन लागि परेका छन् ।
सेलो, मारुनी लगायतका नाच प्राथमिकतामा राखी विगत केही वर्षदेखि जिल्लाका सांस्कृतिक आन्दोलनको नेतृत्व गरिरहेको क्रुका कलाकार बिष्णु शिवाकोटीले बताए । क्रुले जिल्लामा रहेका १२ भन्दा बढी जातजातिको संस्कृतिलाई नृत्य बिधामार्फत प्रर्वदन गरिरहेको उनले बताए ।


अर्का कलाकार गणेश श्रेष्ठका अनुसार कलाकारिता क्षेत्रलाई स्थानीय स्तरमा पुर्याइ कला मार्फत मनोरन्जन दिई शभ्य समाज निर्माणमा सहयोग गर्ने क्रुको योजना रहेको छ ।
“ जो व्यक्ति नाच्छ, त्यो स्वस्थ जीवनशैलीले बाँच्छ त्यसकारण नृत्य संस्कृतिको सम्बाहकसगैं स्वस्थ जिउने कला हो ।“ श्रेष्ठले भने ।
उनले नृत्यमा सुधार गर्न देशका विभिन्न क्षेत्रमा नाचिने नृत्यको अनुसरण गरि साँस्कृतिक नेतृत्व गरिने बताए ।
जिल्लामा विभिन्न जातजातिको आफ्नै कलासंस्कृति रहेको छ । तस्ता कलासंस्कृतिको संरक्षण गर्नु सम्बन्धित जातजातिकै महत्वपुर्ण भुमिका रहन्छ । तथापी पनि सबै संस्कृतिको प्रवर्दनका लागि नृत्य प्रशिक्षण केन्द्रले भुमिका खेल्ने उनले बताए । क्रुले आफ्ना नृत्य प्रस्तुति दजनौँ भिडियो बनाई एवं मञ्चमा समेत प्रस्तुत गरिसकेको छ । जसले गर्दा क्रुको उचाइ चुलिदैँ गएको छ ।
शुक्रबार विधिवत् क्रुको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले रिबन काटी उद्घाटन गरे । साथै क्रुको कार्यालयको समेत उद्घाटन गरिएको छ ।


उनले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै पर्यटन विकासमा समेत क्रुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले डान्स क्रुले स्वदेशी गीत संगीतमा बढी नाच्नुपर्ने बताए । केहि बर्ष अगाडी कलाकारिता क्षेत्रमा संलग्न भए बिग्रिएको भनि भन्ने गरिन्थ्यो । तर पछिल्लो समयमा कलाकार बन्ने लहर चल्नु राम्रो पक्ष रहेको प्रजिअ शर्मा बताउँछन् । पछिल्लो समय क्रुले सबैतिर चर्चापरिचर्चा कमाउनु खुसीको कुरा रहेको उनले बताए । उद्घाटन समारोहमा क्रुका कलाकारहरु, कलाप्रेमी लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "नाच्दै, नचाउदैँ संस्कृति जोगाउदैँ दोलखा डान्स क्रु"

Leave a comment

Your email address will not be published.


*