नयाँ बर्षको अबसरमा जिरीमा “जिरी च्याम्पियनसिप ”भोली देखी हुने

चरिकोट ः दोलखाको जिरी नगरपालिका स्थीत जिरीमा “जिरी च्याम्पियनसिप ”हुने भएको छ । युवा सञ्जाल जिरीको आयोजनामा विभिन्न प्रतियोगिता गर्दै जिरी च्याम्पिनसिप हुने भएको हो । प्रतियोगिता वैशाख ६ गते देखी ९ गते सम्म हुने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योती खड्काले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा भलिबल, फुटबल, म्याराथन दौड लगायतका प्रतियोगिता हुनेछ । भलिबल र फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्धितिय हुनेले २० हजार र तृतिय हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । म्याराथन दौड अन्तर्गत प्रथम पुरस्कार ५ हजार, द्धितीय पुरस्कार ३ हजार र तृतिय पुरस्कार २ हजार रहेको छ । नयाँ बर्षको अबसरमा यो प्रतियोगिता गरिने खड्काले बताउनु भयो । प्रतियोगितामा जिरी नगरपालिकाका वडा स्तरका खेलाडी सहभागी हुने बताइएको छ ।

Shares

Be the first to comment on "नयाँ बर्षको अबसरमा जिरीमा “जिरी च्याम्पियनसिप ”भोली देखी हुने"

Leave a comment

Your email address will not be published.


*