नयाँ नेतृत्वका लागि निर्वाचन हुदै

सिन्धुपाल्चोक (दीस) ः नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । शनिबारदेखि सदरमुकाम चौतारामा भईरहेको अधिवेशनमा अध्यक्ष पदका लागि कमल नेपाल, होमनारायण श्रेष्ठ र बादल तामाङले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, उपाध्यक्ष पदमा अर्जुन भण्डारी, विष्णुमणी आचार्य र सुदनराज गिरी सचिवमा कृष्णगोपाल तामाङ र यज्ञराज सापकोटाले उम्मेद्वारी दिएको निर्वाचन समितिले भनाई रहेको छ । पार्टी नेर्तत्वले सर्वसम्मतीको लागि निकै कसरत गरेपनि नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्न लागिएको एमाले सिन्धुपाल्चोकले जनाएको छ । एमालेको अधिवेशनमा जिल्लाका १२ पालिकाबाट ७ सय ४७ प्रतिनिधिले सहभागी जनाएका छन् ।

Shares

Be the first to comment on "नयाँ नेतृत्वका लागि निर्वाचन हुदै"

Leave a comment

Your email address will not be published.


*