नयाँपुल–पवटी–डाँडाखर्क सडक स्तरोन्नति गरिने

चरिकोट(दीस)ः नयाँपुल–पवटी–डाँडाखर्क सडक स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले सो सडकको स्तरोन्नति गर्ने भएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यन्वयन इकाकाई मार्फत सो सडक स्तरोन्नति गरिने भएको आयोजना प्रमुख मदन कुमार आले मगरले जानकारी दिनुभयो । सडक निर्माणका लागि १७ करोड ९१ लाख ११ हजार मा स्वच्छन्द– जिएससी जेभीसँग गत चैत्र १६ गते निर्माण सम्झौता सम्पन्न भएको उहाँको भनाई रहेको छ । सम्झौता अनुसार निर्माण कम्पनीले कालोपत्रे,नालि निर्माण, तार जाली , टेवा पर्खाल लगायतका कामहरु गर्नु पर्ने छ । सो सडक स्तरोन्नति पछि पालिका भित्र यात्रा गर्न सहज हुने गाउँपालिकाका प्रमुख हिरा थोकरले बताउनु भयो ।

Shares

Be the first to comment on "नयाँपुल–पवटी–डाँडाखर्क सडक स्तरोन्नति गरिने"

Leave a comment

Your email address will not be published.


*