नयाँँ कैदी बन्दी लागि निर्माण भएको भवन संन्चालनमा

चरिकोट(दीस) –दोलखाको सदरमुकाम चरिकोटमा रहेको नयाँँ कैदी बन्दी लागि निर्माण भएको भवन आजबाट औपचारिक रुपमा संन्चालन आएको छ । हालै निर्माण सम्पन्न भएको कैदी बन्दीको लागि निर्माण भएको नयाँ भवनमा कैदी स्थानान्तरण गरिएको हो । महिला कैदी बन्दीको निर्माण गरिएको उक्त नयाँ भवनमा पुरुष बन्दीलाई सारिएको छ । क्षमता भन्दा बढी कैदी भएको कारण महिला बन्दीलाई रामेछाप राखिदै आएको छ ।
नयाँ भवनमा कैदी स्थानान्तरण कार्यक्रममा बोल्दै कारागार ब्यबस्थापन बिभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले कैदी बन्दी राख्ने स्थान देश भर भएको बताए । मासिक दुईहजारको दरले कैदी थपिन्छन् तर राख्ने ठाउँ नभएको गुनासो गरेका छन् । गत भदौबाट लागू भएको नयाँ कानुनको कारण नेपालको कारागारमा कैदी र पुर्पक्ष गरी मासिक दुईहजारको दरले थपिए पनि कारागारको क्षमता बृद्धि नहुँदा राख्ने ठाउँको अभाव भएको महानिर्देशक श्रेष्ठले गुनासो गरे । गणितिय रुपमा ३४ जनाको क्षमता रहेको सो कारागारको नयाँ भवनमा बिहिबारबाट कैदी स्थानान्तरण गरिएको छ । सदरमुकाम चरिकोटमा रहेको देशकै चौथो पुरानो कारागारमा १७ जना कैदी बन्दी राख्ने क्षमता भएको कारागारमा १०९ जना बस्न बाध्य भएका थिए ।चरिकोटको कारागारमा रहेका बन्दीहरुले नाईके र सहनाईकेहरुबाट आफुहरु ठगिएको भन्दै केही महिना अघि आन्दोलन गरेकोले उनीहरुको कारवाही गरिएकोले समस्याहरु न्यूनिकरण हुँदै गएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । २०६८ साल देखी निर्माण सुरु भएको नवनिर्मित कैदी भवनमा सात कोठा रहेको छ । जसको क्षमता ३४ जना कैदी बन्दी अट्ने जनाइएको छ ।

Shares

Be the first to comment on "नयाँँ कैदी बन्दी लागि निर्माण भएको भवन संन्चालनमा"

Leave a comment

Your email address will not be published.


*