नबनिर्बाचित केन्द्रीय सदस्य मानन्धरलाई दोलखामा स्वागत

चरिकोट– उद्योग बाणिज्य महासंघको नब निर्बाचित केन्द्रीय सदस्य रामेश्वर मानन्धरलाई गृह जिल्लामा  उद्योग वाणिज्य संघ दोलखा र निर्माण व्यवसायी संघ दोलखाले शनिबार बधाई तथा शुभकामना दिएका छन् । मानन्धरलाई निर्माण व्यवसायी संघको तर्फबाट दोलखाका महासचिब राजेश थापाले बधाई तथा शुभकामना दिएका थिए । दोलखा उद्योग बाणिज्य संघका पदाधिकारीले मानन्धर अगामी कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । नवनिर्वाचित केन्द्रीय सदस्य मानन्धरले बधाई तथा शुभकामना कार्यक्रम बोल्दै  व्यबसायीको हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ दोलखा द्धारा सयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो । संघका प्रथम उपाध्यक्ष दिनेश थापाको सभापतित्वमा भएको कार्यक्रममा निर्माण व्यवसायी संघका उपाध्यक्ष बालकृष्ण आचार्यले दोलखा जिल्लामा रहेका ब्यवसायीहरुको हक हितमा रहेर जिल्लालाई ब्यवसायिक दृष्टिकोणबाट थप जिम्मेवार कार्यहरु गर्न मानन्धरलाई सुझाब दिएका थिए ।
कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष सनत थापा,महा–सचिव हेमराज रिमाल,सचिव विमल श्रेष्ठ,कोषाध्यक्ष अनिता श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरु, प्रेश सल्हाकार श्याम प्रसाद खतिवडा ,फेन्सी तथा कपडा ब्यवसायी संघका अध्यक्ष कुल प्रसाद पौड्यल,सचिव कृष्ण बहादुर श्रेष्ठ ,निर्माण व्यवसायी संघका बरिष्ठ सदस्य कृष्ण पाख्रिन , महिला उद्यमी संघ दोलखाका सचिव कल्पना श्रेष्ठ तथा सन्चारकर्मीको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "नबनिर्बाचित केन्द्रीय सदस्य मानन्धरलाई दोलखामा स्वागत"

Leave a comment

Your email address will not be published.


*