नगर सफाईमा संलग्न हुन आग्रह

चरिकोट(दीस)ः जिरी नगपालिकाले आम नगरवासीलाई नगर सरसफाई कार्यक्रममा संलग्न हुन आग्रह गरेको छ । नगरपालिकाको चैत्र ५ गते को बैठकले नगरवासिहरुलाई सो आग्रह गरेको हो ।
चैत्र १९ गते नगर भित्रका प्रत्येक वडाहरुका मुख्य पर्यटकीय स्थलहरुको सम्बन्धित वडाध्यक्षहरुको नेतृत्वमा तथा लिङ्कन बजारमा नगर प्रमुखको नेतृत्वमा बृहत सरसफाई एवं फोहोर ब्यवस्थापनकालागि जनचेतना कार्यक्रम सञ्चालन हुने जिरी नगरकार्यपालिकाको कार्यालयले जानकारी दिएको छ । सो कार्यक्रममा सहभागीहुन जनप्रतिनिधि, आम नागरिक, विभिन्न पेशाकर्मी, शिक्षक, विद्यार्थीलगायतलाई सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "नगर सफाईमा संलग्न हुन आग्रह"

Leave a comment

Your email address will not be published.


*