नगर प्रमुख सहितको टोलीले बाँडे मास्क

इश्वर बिश्वकर्मा
चरिकोट, साउन ३०
कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त बनाएको छ । यसबाट मुक्तिका लागि खोप लगाउने कार्य जारी छ । खोपले मृत्युबाट जोगाउँछ तर कोरोना संक्रमित हुनबाट भने जोगाउँदैन भन्ने विज्ञहरुको भनाई छ । यस्तो अवस्थामा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । हरेकले स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्नुपर्छ । मास्कको प्रयोग कोरोना रोकथामका लागि भरपर्दाे अस्त्र सावित भएको छ । यही कुरामा प्रहरी प्रशासनका साथै सरकारले जोड दिएर अभियान सञ्चालन गरिरहेको छ ।
दोलखाको जिरीमा तपाईको मास्क खै अभियान अन्तर्गत शुक्रबार भौतिक दुरी कायम राखी सचेतना ¥याली निकालिएको छ । नगर प्रमुख टंक जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी लगायत स्वास्थ्यर्की र प्रहरी टोली ¥यालीमा सहभागी थिए । शुक्रबार बिहान नौ बजे मानेडाँडाबाट म पनि मास्क लगाउँछु र अरुलाई पनि लगाउन प्रेरित गर्छु भन्ने नारासहितको ब्यानर लिएर अघि बढेको ¥याली लिंकन बजारमा पुगी समापन गरिएको हो ।
¥यालीमा सहभागीहरुले मास्क बिनै हिड्ने व्यक्ति तथा व्यापारीहरुलाई मास्क वितरण गरेका थिए । साथै अत्यावश्यक कामका लागि बाहिर निस्कँदा मास्क लगाउन, भौतिक दुरी कायम गर्न सुझाव दिएका थिए । जिल्लामा निरन्तर कोरोना संक्रमित थपिने क्रम बढेकोले यसको नियन्त्रणका लागि प्रयास स्वरुप स्थानीयलाई सचेत गराउन ¥याली निकालिएको बताइएको छ । जिरी नगरपालिका, इलाका प्रहरी कार्यालय र जिरी अस्पतालको संयुक्त आयोजनामा ¥याली निकालिएको हो ।

Shares

Be the first to comment on "नगर प्रमुख सहितको टोलीले बाँडे मास्क"

Leave a comment

Your email address will not be published.


*