नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शहिद स्मृति आवासीय मावि जिरीलाई

चरिकोट (दीस) ः जिरी नगरपालिकामा भएको नगर स्तरीय अन्तर पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि शहिद स्मृति आवासीय माविले हात पारेको छ । बुधबार सम्पन्नप्रतियोगितामा शहिद स्मृति आवासीय माविले १३ स्वर्ण, ५ रजत र ५ कास्य गरी २३ पदक जित्दै उपाधि जितेको हो । शहिद स्मृति आवासीय माविले लगागार यो पटक उपाधि जित्दै चौथो पटक उपाधि जित्न सफल भएको छ । त्यसैगरी बौध भुवनेश्वरी माविले १९ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । जसमा ७ स्वर्ण, ७ रजत र ५ कास्य रहेका छन् । प्रतियोगितामा जिरी माध्यामिक विद्यालयल तेस्रो स्थान हासिल गरेको छ । उसले ६ स्वर्ण, ६ रजत र १ कास्य जितेको छ । त्यस्तै ,जेएम एकेडेमीले २ स्वर्ण ६ रजत र ५ कास्य ,गर्जाङढुंगा माविले १ स्वर्ण, ३ रजत ,सरस्वती माविले १ स्वर्ण, २ रजत र ४ कास्य ,ढुङ्गेश्वरी माविले १ रजत र १ कास्य ,ठुलोपातल माविले ४ रजत र कालिका माविले २ रजत जितेका छन् । प्रतियोगितामा नगर भित्रका ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

Shares

Be the first to comment on "नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शहिद स्मृति आवासीय मावि जिरीलाई"

Leave a comment

Your email address will not be published.


*