नगरप्रमुख भरत केसीलाई कोरोना संक्रमण पुष्टि

चरिकोट, पुस १५–दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख केसीले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन् ।
केहि दिन अघि नगर प्रमुख केसीकी श्रीमती इन्दु केसीलाई कोरोना संक्रमण पुष्टि भएपछि नगर प्रमुख केसीको पनि सोमबार स्वाब संकलन गरि कोरोना परिक्षणका लागि  धुलीखेल पठाइएको थियो । बुधबार  अाएकाे पिसिआर रिपोर्ट अनुसार अाफुलाइ काेराेना  संक्रमण पुष्टि  भएकाे उनले बताए। केसी दम्पती अहिले होम आइसोलेशनमा बसिरहेका छन् ।

Shares

Be the first to comment on "नगरप्रमुख भरत केसीलाई कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*