नगरप्रमुख जिरेललाई कोरोना संक्रमण पुष्टि

राजकुमार भुजेल
चरिकोट, साउन १
दोलखाको जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेल कोरोना संक्रमित हुनुभएको छ । शनिबारदेखि स्वास्थ्यमा समस्या आएपछि जिरी अस्पतालमा एन्टिजेन परीक्षण गराउनुभएका प्रमुख जिरेललाई कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन अघि उहाँ काठमाडौँबाट नगरपालिकामा फर्कनु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले होम आइसोलेसनमा बसिरहनुभएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत गराउनुभएको हो ।

Shares

Be the first to comment on "नगरप्रमुख जिरेललाई कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*