“नगरपालिकामा शुरु भयो ” वजार व्यवस्थीत बनाउने अभियान( फोटो फिचर सहित)

 

चरिकोट–भीमेश्वर नगरपालिकाले नगरक्षेत्रको वजारलाई व्यवस्थीत बनाउने अभियान अन्र्तगत फुटपाथ हटाउने तथा वजार व्यवस्थीत बनाउने अभियान आइतवारवाट सुरु गरेको छ ।
यो अभियानको नेतृत्व भिमेश्वर नगरपालिका मेयर भरत के.सी आफै सहभागी भएका छन । अभियानलाई नगरपालिका उपमेयर कमला बस्नेत, वडा अध्यक्षहरु नविन लामा ,हरिशरण शिवाकोटी ,रामचन्द्र बस्नेत तथा अन्य जनप्रतिनिधीले समेत साथ दिए । त्यसैगरी प्रहरी प्रमुख बासुदेव पाठक तथा सुरक्षाकर्मी ,स्थानीय वासिन्दा तथा व्यापारी त्यो अभियानमा सहभागि भएका थिए । आइतबार भएको सो अभियानमा बजारमा क्षेत्रमा रहेका नरपालिकाले तोकिएको भन्दा मापदण्ड भन्दा ठुला आकारका होडिङ र्वोड हटाइएको छ । त्यसैगरी चरिकोट वजार क्षेत्रमा रहेका पसल अगाडीका टहरा समेत हटाइको छ ।
नरपालिकाले नगर क्षेत्र भित्र उसले तोकिएको आकारको मात्र व्यवसायिक होडिङ वोर्ड राख्न पाउने नगरपालिका मेयर भरत के.सी जानकारी दिए । नगरपालिका क्षेत्रको वजारलाई व्यवस्थित बनाउन यो अभियान सुरु गरिएको मेयर के.सीको भनाई रहेको छ । आइतवार चरिकोट बजारको पसुपतिडाँडा देखी सातदोबाटो चोकमा सो अभियान गरिएको थियो । भीमेश्वर नगरपालिकाले चरिकोट बजारमा नक्सापास बिना बनेका संरचना हटाउन लागेको जानकारी गराउँदै फुटपाथ बनाउने मेयर भरत के.सीले बताए ।
सो अभियान अन्र्तगत बिना स्वीकृत राखिएका होडिङ बोर्डहरु तत्कालै हटाइएको उनको भनाई रहेको छ विज्ञापन गर्नका लागि सशुल्क छुट्टै ठाउँको व्यवस्था गर्ने मेयर भरत के.सीले जानकारीे दिए । चरिकोटमा रहेका बैंकहरुले आफ्नो शाखाको आम्दानीको १ प्रतिशत आफ्नो कार्यक्षेत्रमा सामाजिक विकासका लागि काम गर्न समेत आग्रह गरे । त्यसैगरी भिमेश्वर नगपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नविन लामाले नगरपालिकाले फुटपाथ निर्माण छिटै थालनी गर्ने प्रतिक्रिया दिए ।

 

 

 

 

Shares

Be the first to comment on "“नगरपालिकामा शुरु भयो ” वजार व्यवस्थीत बनाउने अभियान( फोटो फिचर सहित)"

Leave a comment

Your email address will not be published.


*