नक आउट फुटबल प्रतियोगिताको उपाधि तीनपोखरी युवा क्लब लादुकलाई

चरिकोट (दीस) – दोलखा जिल्ला नक आउट फुटबल प्रतियोगीतामा तीनपोखरी युवा क्लब लादुकले उपाधि हात पारेको छ । शनिबार लाुकरीडाँडाको खेल मैदानमा भएको फाइनल खेलमा राजहिटि युवाक्लब दोलखालाई ७–२ गोल अन्तरले पराजीत गर्दै तीनपोखरी उपाधि हात पारेको हो । विजेता टिमलाई नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।
विजेता तीनपोखरी युवा क्लब लादुकलले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता राजहिटि युवा क्लब दोेलखाले नगद १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
दोलखा जिल्ला नक आउट फुटबल प्रतियोगीताको उपाधि जित हात पारेसँगै तीनपोखरी युवा क्लब लादुकले अर्को वर्ष आयोजना हुने लिग प्रतियोगीतामा सहभागी हुन पाउने दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए । दोलखा जिल्ला फुटबल संघको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "नक आउट फुटबल प्रतियोगिताको उपाधि तीनपोखरी युवा क्लब लादुकलाई"

Leave a comment

Your email address will not be published.


*