नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

काठमाडौँ, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकाले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभयो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर बमोजिम शर्मालाई सजाय माग गरेको छ ।

Shares

Be the first to comment on "नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर"

Leave a comment

Your email address will not be published.


*