धर्म परिवर्तन गराउने काम रोक

सविंधानले नेपाल धर्म निरपेक्ष राज्य मानेको छ । स्वतन्त्रपुर्वक धर्म मान्न पाउने अधिकार दिएको छ । जनताले पाउने हक हो । तर नेपाल पछिल्लो समय धर्म परिवर्तनका विभिन्न वहाना हुन गरेको छन । यो जनतालाई जग जाहेर भएको नै कुरा हो । उनीहरुको विभिन्न वाहना रहेको छ । त्यसका फरक फरक रुप रहेका छन । सरकारी निकायका उच्च पदस्थ व्यक्ति प्रयोग गरेर होस या विभिन्न निकायको प्रयोग गरेर होस । धर्म परिवर्तनको विभिन्न प्रभोलन हुनु आफै राम्रो कुरा हैन । त्यसलाई संविधानले बर्जित गरेको छ ।
दोलखाको शैलुङ गाउँपालिमा वडा नं. ८ भैसेमा क्रिश्चियन धर्म प्रचारमा विद्यालयका बालबालिका प्रयोग भएको समाचार बाहिर आएको छ । त्यसको प्रयोग भयो मंगलबार निकै तामझामका साथ सारादा माविको भवन उद्घाटन कार्यक्रममा । भवन उद्घाघाटनका लागि आयोजकले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित गराएको थियो । उनको हातबाट उपहारको नाममा धर्मको प्रचार गर्ने काम भएको थियो । भवन उद्घघाटन कार्यक्रमको बारेमा अग्रिम रुपमा कार्यक्रम तालिका सार्वजनिक गरियो । तर अप्रत्यासित रुपमा कार्यक्रम तालिका बाहिरबाट विद्यार्थीहरुलाई क्रिश्चियन धर्म प्रचार सामग्री वितरण गरियो । जुन उपराष्ट्रिपति नन्दकिशोर पुनकै हातबाट विद्यार्थीलाई उपहार भन्दै वितरण गर्न लगाए । जब यसको बारेमा बाहिर थाहा भयो कि भित्र क्रिश्चियन धर्म बारेका सामग्री समेत राखिएको भन्ने । कार्यक्रमको अन्तमा शैलुङ गाउँपालिका वडा नंं. ८ का हरेक विद्यार्थीहरुलाई दिने गरी २१ लाख बढीको उपहार दयाका हातहरु नामक एक गैर सरकारी संस्थाले ल्याएको हो । उसले सो वडाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्नका ल्याएको हो । नमूनाका रुपमा चिठ्ठा हानेर प्रत्येक विद्यालयका एक÷एक जना विद्यार्थी छनौट गरी ८ जनालाई उपराष्ट्रपतिबाटै वितरण गरियो । विगतमा पनि सारादा माविमा दयाका हातहरुले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार भित्र बाइबल र क्रिश्चियन धर्म सम्बन्धि सामग्री राखेर दिएका स्थानीयहरुले बताएछन । यसले नेपाल धर्मको परिर्वतनको रुप देखाएको छ ।
विभिन्न बाहनामा धर्मको परिवर्तन गर्नु हुन्न भन्ने आयोजकलाई हेक्का हुनु पर्ने हो । विद्यालय जस्तो परित्र ठाँउमा यसरी प्रचार गर्नू कानुनमा दण्डनीय छ । अबका दिनमा यस्ता गतिबिधी रोक्न आवस्यक छ होइन भने यस्ता गतिविधी हुने र यसले भविस्यमा दुर्घटना निम्ताउने कुनै दुविधा नराखे हुन्छ ।

Shares

Be the first to comment on "धर्म परिवर्तन गराउने काम रोक"

Leave a comment

Your email address will not be published.


*