द्वितीय कालिञ्चोक उपाध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगिता हुँदै

दीक्षण समाचार
चरिकोट, मंसिर १२
दोलखा जिल्लाको अन्तरपालिकास्तरीय द्धितीय कालिञ्चोक उपाध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सुनखानीमा मंसिर २३ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कालिञ्चोक गाउँपालिकाले आयोजना गर्ने भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित हुन लागेको प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमका लागि ५० हजार रुपैयाँ, द्धितीय हुनेका लागि ३० हजार रुपैयाँ, तृतीय हुने टिमलाई १५ हजार र सान्त्वना हुनेका लागि १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनुभयो । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई जनही नगद एक हजार ५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुन चाहने टिमले नागरिकता वा जन्मदर्ताको प्रतिलिपी, विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी, बसाइँसराई पत्रको प्रतिलिपी, सम्बन्धित पालिकाको सिफारिससहित मंसिर २१ गते सम्म टिम दर्ता गराउन सक्ने छन् । टिम दर्ताको लागि दुई हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "द्वितीय कालिञ्चोक उपाध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगिता हुँदै"

Leave a comment

Your email address will not be published.


*