दोस्रो सामाजिक सुरक्षा भत्ता माघ १० गते वितरण गरिने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता माघ २२ गते वितरण गर्ने भएको छ । स्थानीयहरुको सुविधालाई ध्यानमा राखी वडाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा वडा कार्यालयबाटै वितरण गर्ने भएको हो ।
स्थानीयहरुको सुविधालाई ध्यानमा राख्दै वडाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यामा वडा कार्यालय क्षमावतीबाट दोस्रो चौमासिकको समाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । सदरमुकाम आएर भत्ता लिन समस्या हुनेहरुलाई आवश्यक कागजात सहित वडा कार्यालय आएर भत्ता लिन उहाँको आग्रह छ ।

Shares

Be the first to comment on "दोस्रो सामाजिक सुरक्षा भत्ता माघ १० गते वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*