दोस्रो त्रैमासमा तामाकोसी जलविद्युत आयोजना ८२ करोड ४८ लाख घाटामा

चरिकोट (दीस) । दोलखामा रहेको तामाकोशी जलविद्युत आयोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणले उक्त रकम नोक्सानी रहेको देखाएको छ । गतबर्ष भन्दा तामाकोसी आयोजना यस अवधीमा बढी नोक्सानी भएको हो । गत आर्थिक वर्षको यो अबधीको वित्तिय विवरणले आयोजनाले ३३ करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । विद्युत बिक्री आम्दानी र सञ्चालन आम्दानी बढेपनि वित्तीय लागत बढ्दा कम्पनीको नोक्सानी बढ्न पुगेको जानकारको भनाई रहेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी घटेकाले यस अबधीमा कम्पनीको घाटा देखिएको बताइएको छ । पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । जगेडा कोष नोक्सानी बढेर ३ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो पुसको तुलनामा जगेडा कोष नोक्सानी २ अर्ब ५९ करोडले बढेको हो । आयोजनाको आम्दानीको तुलनामा खर्च अधिक हुँदा हालको अवस्थाले वार्षिक डेढ खर्ब बढी नोक्सानीमा पुग्ने देखिएको छ ।
तामाकोसी आयोजनासँगै न्यादी, रिभर फल्स, सान्जेन, रसुवागढी हाइड्रो पावर, सिंगटी हाइडूो इनर्जी, हिमालयन ऊर्जा विकास र नोक्सानीमा छन्। वित्तिय विवरणले एचआइडीसीएले सबैभन्दा नाफा आर्जन गरेको छ । उक्त हाइड्रो पावरले ६७ करोड ५२ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ। नाफा कमाउनेमा राधी विद्युत कम्पनी , चिलिमे, सीइडीबी, अरुण भ्याली र युनाइटेड मोदी कम्पनी रहेका छन् ।

Shares

Be the first to comment on "दोस्रो त्रैमासमा तामाकोसी जलविद्युत आयोजना ८२ करोड ४८ लाख घाटामा"

Leave a comment

Your email address will not be published.


*