“दोलखा साहित्य यात्रा”को बिमोचन

२९ असार,चरिकोट –भानु दिबस अबसरमा दोलखामा साहित्यिक पुस्तक “दोलखा साहित्य यात्रा” बिमोचन गरिएको छ । देशभरका ४९ जना साहित्यिक श्रष्टाहरुको रचना समावेस भएको उक्त पुस्तक सोमबार  बिमोचन गरिएको छ ।
भीमेश्वर नगरपालिकाको प्रकासनमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले उक्त पुस्तक सम्पादन गरेको हो । दोलखा सदरमुकाम चरिकोटमा एक समारोहका बीच भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी., उप मेयर कमला बस्नेत ,प्रमुख जिल्ला अधिकारी भीमकान्ता शर्मा ,कालिन्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक , भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासिक अधिकृत मान बहादुर खडकाले पुस्तक बिमोचन गरेका थिए ।
कार्यक्रममा मेयर के.सी.ले भीमेश्वर नगरपालिकाले अन्य क्षेत्र जस्तै कला र साहित्यलाई पनि उत्तिकै महत्व दिएको बताए ।

प्रकाशित पुस्तकले समाज रुपान्तरणका लागि सहयोग पुग्ने उनले बिश्वास गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नगरपालिकाले साहित्य पुस्तक प्रकाशन गरी नेपाली साहित्य विकासमा महत्वपुर्ण सहयोग पु¥याएको बताए । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर खड्काले दोलखाली साहित्य यात्रा प्रकाशनको सुरुवात भएको र यसले अब निरन्तरता पाउने बताए । सो अवसरमा खड्काले कविता वाचत समेत गरेका थिए । यसै गरी कार्यक्रममा श्रष्टाहरु जीत कार्की, कालिका पाठक, सिर्जना खड्का, रविन्द्र ढुंगेल लगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उप मेयर कमला बस्नेत, विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, संयोजक विष्णु सुवेदी, दोलखा साहित्य संगमका अध्यक्ष शंकरलाल श्रेष्ठ, लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "“दोलखा साहित्य यात्रा”को बिमोचन"

Leave a comment

Your email address will not be published.


*