दोलखा ल्याइयो बज्रधर ईन्द्रको मूर्तिः स्थानीयद्वारा भब्य स्वागत


चरिकोटः २०५२ सालमा दोलखा बाट हराएको धार्मिक, ऐतिहासिक तथा पूरातत्वीक बज्रधर ईन्द्रको मुर्ति हङकङको संग्रहालयबाट दोलखा ल्याइएको छ । शुक्रवार मुर्तिलाई दोलखा ल्याइएको हो ।
मुर्ति दोलखा ल्याइपु¥याईँदा स्थानीयहरुले हर्षोल्लास पूर्वक बाजागाजा सहित मूर्तिलाई बजार परिक्रमा गराई भब्य रुपमा स्वागत गरेका थिए । भीमेश्वर मन्दिरमा पुगेपछि भीमेश्वर मन्दिरको भण्डार घरमा रहेको मुकुट मूर्तिलाई पहि¥याइएको थियो । बजार परिक्रमा समाप्त भएपछि मूर्तिलाई दूधले स्नान गराई प्रदर्शन गरिएको थियो । इन्द्रजात्राको बेलामा पाँच दिनसम्म यो मूर्ति प्रदर्शन गर्ने गरिएको दोलखाका स्थानीयहरुको भनाई छ । मुर्ति २०५२ साल भदौ १४ गते कोर्छे टोलबाट हराएको थियो । पलेटी कसेर बसेको यो मूर्तिको एक हातमा घण्ट तथा एक हातमा बज्र रहेको छ । बज्रधर ईद्रको मुर्ति नेपाल सम्बत ५९० मा बनाइएको बताइन्छ । मुर्ति हराएको लामो समय भइसकेकोले भेटिन्छ भन्ने आश आफूहरुले मारिसकोमा अहिले मूर्ति पूनः प्राप्त हुँदा आफूहरु अत्यन्त हर्षित भएको दोलखाका स्थानीय पर्शुराम जोशीले बताउनु भयो । “ऐतिहासि तथा सांस्कृतिक नगरी दोलखाबाट विभिन्न समयमा दर्जनौं मुर्तिहरु हराएको तितो अनुभव यहाँका मानिसहरुलाई छ । प्रयास गरे हराएका सम्पदा पनि फेला पर्न सक्ने रहेछन् भन्ने प्रमाण यसबाट मिलेको छ ।” स्थानीय भरत श्रेष्ठले भन्नु भयो । “ अब अरु हराएका सम्पदाहरु पनि खोजेर दोलखाको विगतको गौरव पुनःस्थापन गर्न आवश्यकछ । ”
हङकङबाट नेपाल फिर्ता ल्याइएको बज्रधर ईन्द्रको मुर्तिराष्ट्रिय संग्रहालयबाट दोलखा ल्याइएको हो ।

Shares

Be the first to comment on "दोलखा ल्याइयो बज्रधर ईन्द्रको मूर्तिः स्थानीयद्वारा भब्य स्वागत"

Leave a comment

Your email address will not be published.


*