दोलखा रेडक्रसमा भीमेश्वर र तामाकोसी हावी

चरिकोट, २७ माघ
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा गोकर्णप्रसाद पोखरेल सभापतिमा निर्वाचित भएका छन् । शनिबार चरिकोटमा भएको चुनावमा पोखरेल सहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
दोलखा रेडक्रसको १३ सदस्यीय समितिमा भीमेश्वर नगरपालिका र तामाकोसी गाउँपालिका हावी भएको छ । तामाकोसी गाउँपालिकाबाट सभापति पोखरेल सहित ४ जना, भीमेश्वर नगरपालिकाबाट ४ जना, बैतेश्वर गाउँपालिकाका ३ जना, कालिञ्चोक र मेलुङ गाउँपालिकाका १÷१ जना निर्वाचित भएका छन् ।
तर विगू, गौरीशंकर, शैलुङ गाउँपालिका र जिरी नगरपालिकाको प्रतिनिधित्व नै हुन सकेन । प्रतिनिधित्व हुन नसकेका नगरपालिका र गाउँपालिकामा मनोनित हुने कोटाबाट मिलान गरिने एक सदस्यले बताए । पदाधिकारी बाँडफाँड र मनोनित सदस्य आइतबार हुने उनले जानकारी दिए ।
नेपाल रेडक्रस दोलखाको राजनैतिक भाग बण्डाका आधारमा चयन गरिएको हो । १३ सदस्यीय मध्ये नेकपा एमालेका ६, नेपाली काँग्रेस ५ र नेकपा माओवादी केन्द्रलाई २ जना गरी सहमति भएको हो ।
नवनिर्वाचित सदस्यहरुमा बाबुकाजी बस्नेत, रविचन्द्र आचार्य, राधा मास्के, भरतनारायण प्रधान, सिर्जना सुवेदी, नारायणध्वज खड्का, गीताकृष्ण शर्मा, शम्भु फुयाँल, कमल दाहाल, कृष्ण बस्नेत, होम पाठक र रुपलाल तमाङ रहेका छन् ।

Shares

Be the first to comment on "दोलखा रेडक्रसमा भीमेश्वर र तामाकोसी हावी"

Leave a comment

Your email address will not be published.


*