दोलखा महोत्सवको उद्घाटन प्रधानमन्त्री दहालबाट हुने

चरिकोट(दीस)ः दोलखा महोत्सवको उद्घाटन प्रधानमन्त्री पुस्पकमल दहालबाट हुने भएको छ । पुस १३ गतेबाट सुरु हुने दश दिने महोत्सवको प्रधान मन्त्री दहालले उद्घाटन गर्नु हुने भएको छ ।
हालै दोलखा उद्योग वाणिज्य संघले प्रधानमन्त्री प्रचण्डलाई भेटी महोत्सवको उद्घाटन गर्न आग्रह गर्दा प्रधानमन्त्रीले महोत्सव उद्घाटन गर्न आउने प्रतिवद्धता जनाएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखा महोत्सव सदरमुकाम चरिकोटको भीमेश्वर रंगशालामा पुस १३ गतेदेखि २२ गते सम्म हुने छ । महोत्सवले दोलखाको आर्थिक कृयाकलाप बृद्धि गर्न मद्दत गर्ने उद्योग वाणिज्य संघ दोलखाको विश्वास छ ।

Shares

Be the first to comment on "दोलखा महोत्सवको उद्घाटन प्रधानमन्त्री दहालबाट हुने"

Leave a comment

Your email address will not be published.


*