दोलखा बन्यो कोरोनामुक्त जिल्ला

Coronavirus COVID-19 FREE badge. Virusfree vector icon.

दीस – दोलखा तत्काललाई कोरोना मुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ३ सय ५२ जना नै कोरोना मुक्त भएपछि जिल्ला कोरोना मुक्त बनेको स्वास्थ्य कार्यालय दोलखाका कोरोना फोकलपर्सन बासु अधिकारीले जानकारी दिए । उनका अनुसार गत जेष्ठ महिना देखि हाल सम्म पहिलो पटक दोलखामा संक्रिय कोरोना संक्रमित शुन्य भएको हो । जिल्लामा ३ हजार ४ सय ७६ जनाको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएकोमा १सय ३३ जना महिला र २ सय २० जना पुरुष गरी ३ सय ५३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । जिल्लामा कोरोना रिपोर्ट पोजेटिभ आएका ३ सय ५३ जना मध्ये एक जना महिलाको कोरोनाकै कारण मुत्यु भएको थियो । विगत २४ घण्टा यता जिल्लाबाट एक जनाको पनि स्वाब संकलन नभएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखा बन्यो कोरोनामुक्त जिल्ला"

Leave a comment

Your email address will not be published.


*