दोलखा बजारको ढुङ्गेधारामा बाह्रैमहिना पानी झारिने

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १७
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा अबस्थित भीमेश्वर मन्दिर रहेको दोलखा बजारमा रहेका मुहान व्यवस्थापन गरि ढुङ्गेधारामा  बाह्रै महिनापानी झारिने भएको छ ।
पानीको मुहान व्यवस्थापन गरि प्राचिन र ऐतिहासिक महत्व बोकेको करिब अाधा दर्जन भन्दा बढी ढुङ्गेधारामा वडाले पानी झार्ने भएको हो । वडाले मुहान व्यवस्थानका लागि चालु आर्थिक वर्ष ३ लाख रुपैँया विनियोजन गरिएको वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।
उनले भने “भुकम्पका कारण पानी चुहिने भएकाले धारामा पानी आउदैन । पानीको मुहान एकिकृत गरि ढुङ्गेधारामा झारी पुन ः सौन्दर्य ल्याउन सकिने छ ।”
पछिल्लो समय मानविय संरचनाले गर्दा पानीको मुहानहरु लोप हुदैँ गएकोले मुहानलाई संरक्षण गरि ढुङ्गेधारामा पानी झारिने वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।
उनले मुहान संरक्षण र व्यवस्थापन हुन नसकी धारामा पानी आउन छाडेकाले धाराहरु प्रयोगविहिन भएको बताए ।
उनका अनुसार विक्रम सम्बत २०१८ साल अघि विभिन्न आकृतिसहितका धारामा सफा, स्वच्छ अनि कञ्वचन पानी आउद्थ्यो । स्थानीय बासिन्दाले दैनिक जीवनमा ढुंगेधाराको पानी प्रयोग गर्ने गर्दथे । ढुंगेधारामा पर्याप्त पानी प्रयोग गर्न पाउँदा खुसी हुन्थे । पछिल्लो समय घरघरमा धारा पुग्न थालेको, सडक निर्माण लगायत मानविय संरचनाले पानीको मुहान विनाशले धारामा पानी आउन छाडेको छ । वडाले पानीको मुहान व्यवस्थान र एकिकृत गरि धारामा पानी झार्न काम थालनी गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय शिवजी प्रधानले बजारमा रहेका ढुङ्गेधाराले सौन्दर्यलाई बढाउने भएकाले बेलैमा संरक्षण गरिनु पर्ने बताए । उनले कलाकृतिले भरिपुर्ण धाराहरुले पर्यटन पर्बद्धनमा टेवा पुग्ने बताए ।

Shares

Be the first to comment on "दोलखा बजारको ढुङ्गेधारामा बाह्रैमहिना पानी झारिने"

Leave a comment

Your email address will not be published.


*